Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, April 24, 2014

रुपन्देही सम्पर्क समिति कोरियाको नयाँ बर्ष तथा भेटघाट कार्यक्रम सम्पन्न

बिशाल गहतराज -सउल, दक्षिण कोरिया
नया बर्ष २०७१ सालको पावन अवसरमा  स्वदेश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा सु स्वस्थ ,दिर्घायुका साथै प्रगतिको कामना गर्दै रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाले नया बर्ष २०७१ सालको अवसरमा सशुभकामन आदान प्रदान एबम भेटघाट कार्यक्रम गत आइतबार सउल स्थित एन आर एनले संचालन गरेको साझा घर नेपाल हाउसको सभा हलमा  भब्यताका साथ् सम्पन्न भएको छ  l

कार्यक्रम निर्धारित समय भन्दा डेड घण्टा ढिला सुरुवात भएता पनि किम्हे ,बुसान ,ओएजम्फु ,किम्फो ,फेन्तेक र सउल आसपासका क्षेत्र बाट जील्ला बासीहरु कार्यक्रममा उत्साहका साथ उपस्थिति जनाएका थिए | कार्यक्रमलाई दुई भागमा बाडिएको थियो |
औपचारिक कार्यक्रम तर्फ -नेपालि सम्पर्क समिति(एन सी सी)का अधक्ष्य लोचन राईको प्रमुख आथित्य र संस्थाका संरक्षक एबम गैर आवासीय संघ (एन आर एन)सल्लहाकार राजु क्षेत्रीको बिशेस आथित्य र संस्थाका उप  अधक्ष्य  हरि गौतमको स्वगत मन्तब्य र  अन्य अतिथिहरुको उपस्थितिमा कार्यक्रम संस्थाका  अधक्ष्य  प्रितम गुरुङको सभापतित्व तथा सचिब  बिशाल गहतराजको संचालनमा  भएको कार्यक्रमको सुरुवातमा उपस्थित सहभागीहरुबाट क्रमसै नया बर्षको सुभकामना सहित परिचय बाट सुरुवात भएको भएको कार्यक्रम जलपान गरि सभा बिसर्जन गरिएको थियो |
अनौपचारिक कार्यक्रम तर्फ -कार्यक्रमको दोश्रो चरण तर्फ यस संस्थाका लागि कपिल न्यौपाने ,शेषकान्त अर्याल ,कौशल न्यौपाने र आसिस भण्डारीलाई यसै भेलाले मनोनित गरि हालको एघार सदस्सीय कार्य समितिलाई पन्ध्र सदस्सीय मूल कार्यसमिति निर्माण समेत गरेको छ | यसै गरि यस संस्थाले आयोजना गरेको प्रथम लुम्बेनी रमझमको सम्पूर्ण आर्थिक बिबरण हिसाब मिलान भइ रकम संस्थाको खातामा रहेको कुरा   कोषअधक्ष्य श्रवण शाहीले जानकारी गराउनुभएको थियो |त्यसै गरि  भेलाले कोरियनहरुको आउदै गरेको महान  पर्ब सेप्टेम्बर ८  छुसकको दोश्रो दिन नेपालका चर्चित कलाकारहरुको प्रस्तुतिमा  साँस्कृतिक कार्यक्रम आयोजनाका लागि नेपालि सम्पर्क समितिमा निबेदन दर्ता गर्ने निर्णय समेत भेलाले गरेको थियो  |

सन् २००८  मा स्थापित  यस संस्थाले  शान्तिका अग्रदुत  महामानव गौतम बुद्धलाई विश्वमा चिनाउनका निम्ति लुम्बिनी रनिग कपको समेत आयोजना गरेको थियो | यसगरी यस संस्थाले आउदा दिनहरुमा भगवान बुद्ध संग सम्बन्धित एतिहासिक एबम पुरातात्विक बस्तुहरुको सरक्षण र बिकाशमा   यस संस्थाको अहम भूमिका रहने कुरा भेलामा उपस्थित सहभागीहरुले जोड दिएका थिए |

No comments:

Post a Comment