Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, April 21, 2014

ब्लड क्यासर पिडित "समृद्धी तिमिल्सिना बचाऊ अभियान"अन्तर्गत संकलित रकम हस्तान्तरित:-

निर्मल थपलिया ,दक्षिण कोरिया 
मकवानपुर कोरिया मंच  दक्षिण कोरियाले ब्लड  क्यान्सर पिडित बिरामी  समृद्धी  तिमल्सिनालाई बचाउन दक्षिण कोरियामा संकलित सहयोग रकम  ४३लाख ६४ हजार ३०० वन नेपालमा बिरामीका  हजुरबुवा श्री चुडामणि तिमाल्सिनालाई हस्तान्तरण गरिएको छ l

मकवानपुर कोरिया मंच (दक्षिण कोरिया) को अध्यक्ष श्री रमेश उप्रेती को सम्योजकत्वमा मकवानपुर जिल्ला पदमपोखरी घर भै हाल भरतपुर क्यान्सर  हस्पिटलमा उपचार गरिरहेको  ब्लड  क्यान्सर पिडित १९ महिने समृद्धी  तिमल्सिनालाई बचाउन २०१४/०३/२३ देखि २०१४/०४/१५ सम्म  संचालन गरिएको "समृद्धी तिमल्सिना बचाऊ अभियान" अन्तर्गत संकलन गरिएको एकमुस्ट रकम ४३६४३००/-वोन नेपालीमा हुन आउने रु ४१५६००/-(चार लाख पन्द्र हजार छ सय रुपिया मात्र) कोरिया बाट फर्केका समितिको  पूर्व पधाधिकारी लगाएतका ले पत्रकार सम्मेलन गरि पिडितका हजुरबुवा श्री चुडामणि तिमाल्सिनालाई मकवानपुर खेलकूद संघ हेटौडाको हलमा  हस्तान्तरण गरिएको छ/उक्त संकलन कार्यलाई बिशेष सहयोग गर्नुहुने Creative Ambition of Nepal (south Korea )मार्फत ३३००००/-वोन,NRN Regional committee, busan -१०७००० वोन , किम्हे मिसन चर्च--८००००/- र yangsan समाज--२५२३००/-वोन मार्फ़त संकलन गरिएको थियो /

अन्तमा मंचका अध्यक्ष रमेस उप्रेतीले कोरिंयामा यस अभियानलाई आजको दिनसम्म सफल पार्न साथ
दिनुहुने सम्पूर्ण साथी,अग्रज,बुद्दिजीबी,संघ-सस्था तथा पत्रकार महानुभावहरुमा धन्यबाद ब्यक्त गर्दै आगामी दिनहरुमापनि सहयोगको अपेक्षा गर्नुभएको छ/
"सेवा नै धर्मं हो"
"खान पुगोस दिन पुगोस"
सहयोगदाताहरुको  नामावली यस प्रकार छ:-







No comments:

Post a Comment