![]() |
ऐश्वर्य श्रेष्ठ- |
मुटु भित्रको मेरो मान्छे कहिले फर्की आउने हो ।
परदेशबाट आउंदा कति खुशी बोकी ल्याउने हो ।
सधैं सपनीमा देख्छु प्रिया, विपनीमा संझी रुन्छु ।
तस्विरमा चुमी तिमी आउने दिन गन्दैं बस्छु
तिमी रुदा म पनि तिम्रो यादमा रुझेको हुन्छु
सपना कति मिठो, कल्पनामा तिम्रैं काखमा हुन्छु ।
मुटु भित्रको मेरो मान्छे कहिले फर्की आउने हो ।
फर्की आउंदा साथमा केके बोकी ल्याउने हो ।
प्रिया हावाजस्तैं उडी मलाई भेटन आए हुन्थ्यो ।
संगैं बसी दुखसुख सबैं साटन पाए हुन्थ्यो
तिमी फर्की आउने त्यो दिन कुन बिहानी होला
तिमीसंग भेट हुंदा राजा, म कति रमाउने होला ।
ऐश्वर्य श्रेष्ठ,दक्षिण कोरिया l
No comments:
Post a Comment