Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, March 4, 2014

कोरियाको नेपाली दुताबासमा एकैदिन ३४७ एमारपी आवेदन

निकुञ्ज तिवारी -सउल, दक्षिण कोरिया 
सउलस्थित नेपाली दुतावासमा मेसिन रिडेवल पासपोर्ट ‘एमआरपी’ का निम्ती आवेदन दिनेको संख्या बढिरहेको छ । यहाँ कार्यरत नेपालीहरुलाई प्राथामिकतामा राखी सार्वजनिक विदाको दिन गत आइतबार खुल्ला गरिएको दुतावासमा ३४७ जनाले ‘एमआरपी’ कालागि आवेदन दिएका छन् ।

कोरियाको बुसान, ख्वान्जु, थेगु, खेन्गि, उल्सान, इन्छन लगायतका स्थानमा कार्यरत नेपाली कामदार, विद्यार्थी र व्यापारीहरुले राहदानीका लागि आवेदन दिएको दुतावासशका सहचारी तुलशी कोइरालाले  जानकारी दिए । आवेदन दिन आएका नेपालीहरुले पहिलेको भन्दा सहज तरिकाले सेवा लिएको कोइरालाले बताए ।

आवेदन दिन आएका नेपालीहरुबाट ६ करोड ५० लाख ६२ हजार ५ सय कोरियन वन राजश्व संकलन भएको छ । आवेदन शूल्क १ लाख ८७ हजार ५ सय कोरियन वन लाग्छ । दुतावासमा पहिलै नाम दर्ता गराएका र नाम दर्ता नगराई सिधै फर्म भर्न आएका सबैलाई प्राथामिकता दिई आवेदन लिएको दुतावासले जनाएको छ ।

‘नयाँ राहदानीका लागि फर्म भर्न इच्छुक नेपालीले नाम र पासपोट नम्बर दुतावासको इमेल वा वेवसाइटमा दर्ता गराउन अनुरोध गरका छौं।’ राजदुत कमामनसिंह लामाले भने ‘नाम दर्ता गराएको खण्डमा फस्टकम फस्ट सर्भीस दिन्छौं ।’ कोरियामा करिब ६ देखि ८ हजार नेपाली हस्तलिखित राहदानीवाहक भएको राजदुत लामाले जानकारी दिए ।
गत जनवरीमा परेको कोरियन पर्व सलनालको सार्वजनिक विदामा पनि दुतावासले राहदानीका लागि आवेदन लिएको थियो जसमा ३५० जना सहभागीता जनाएका थिए । निवेदन दिएको साढें ३ देखि ४ महिनामा नयाँ राहदानी (एमआरपी) पाइने बताइएको छ ।

अन्तराष्ट्रिय नागरिक उड्यन संगठन ‘आइकाओ’ को प्रावधानअनुसार हस्तलिखित राहदानी सन् २०१५ नोभेम्बर २४ सम्म मात्र प्रयोग गर्न सकिन्छ । जसअनुसार अहिले प्रयोजनमा रहेका हस्तलिखित राहदानी २०१५ नोभेम्बर २४ पछि काम नलाग्ने हुन्छन् ।

No comments:

Post a Comment