भरत तुलाचन ,सउल कोरिया-
गत जनवरी ३१ तारिख कोरियाको महान पर्व सलनालमा आयोजित दशौ साधारण सभाबाट नयां कार्य समिति चयन हुन नसकि बिबादको भूमरीमा फसेको म्याग्दी समाज समिति दक्षिण कोरिया अन्ततः सहमतिय स्वरुपको दशौं कार्य समिति गठन गर्दै पुनः एक पल्ट प्रवासी भूमिमा म्याग्देली एकताको उजागर गर्न सफल भएको छ ।
हिजो मार्च ८ तारिख शनिबार सांझ राजधानी सउलको छोङगाक स्थित दुर्गा रेष्टुरेण्टमा पुर्व सचिव बाबुराम शर्माको बिदाई तथा दशौ कार्य समिति गठन गर्न भेला भएका करिव ५० जना म्याग्देलीहरुको उपस्थितिमा मुक्त केसीको अध्यक्षतामा १५ सदस्सीय दशौ कार्य समितिको गठन गर्दै बिबादित दशौ कार्य समिति गठन कार्यले सफलता पाएको हो ।
नव नियुक्त अध्यक्ष मुक्त केसी म्याग्दी बाबियाचौर गाविस स्थित सहश्रधारा निवासी हुनहुन्छ । बिगत २२ बर्ष देखि कोरिया रहनु भएका केसी म्याग्दी समाज समिति दक्षिण कोरियाको स्थापना पश्चात निरन्तर रुपमा समाजमा आबद्द रहंदै आउनु भएको छ । उहां म्याग्दी समाज नवौ कार्य समिति खेलकूद संयोजकको रुपमा रहेर सेवा गर्नुको साथै समाजको हरेक कृयाकलापहरुमा सकृयताका साथ लागि पर्नु भएको थियो ।
त्यस्तै, उपाध्यक्ष पदमा म्याग्दी बेनीका अन्तु गिरी र म्याग्दी छिस्बाङका चिना पुन चुनिनु भएको छ । म्याग्दी समाज समिति दक्षिण कोरियाको उपाध्यक्ष पदमा महिला चुनिएको सम्भवत पहिलो हो । पुर्व उपाध्यक्ष लोक बानिया बाहेक नव गठित दशौं कार्य समितिमा प्रायः सबै नयां अनुहारहरुको बाहुल्य रहेको छ ।
हिजो शनिबार सांझ गठित दशौं कार्य समितलाई बरिष्ठ म्याग्देली तथा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरयाका अध्यक्ष समेत रहनु भएका निर्वाचन मण्डलका संयोजक भक्त सरचनले पद तथा गोपनियताको सपथ गराउनु भयो । निर्वाचन मण्डलमा एन आर एन कोरियाका अध्यक्ष बिनोद कुंवर र भुपु अध्यक्ष नर बहादुर पुन समेत रहनु भएको थियो ।
नव गठित दशौ कार्य समितिको रुप यस्तो छ ।
१.अध्यक्ष- मुक्त केसी (सहश्रधारा)
२.उपाध्यक्ष-चिना पुन (छिस्बाङ)
३.उपाध्यक्ष-अनन्त गिरी (बेनी)
४.उपाध्यक्ष-लोक बानियां (पुलाचौर)
५. सचिव-पुस्कल पुन (दोवा)
६.कोषाध्यक्ष-किशन सेन्चुरी (दरबाङ)
७.सह-सचिव-कृष्ण खड्का (घार)
८.सह-कोषाध्यक्ष-दिपक कटुवाल(घार)
९.सदस्य-अमर छन्त्याल(गुर्जा)
१०.सदस्य-जीवन बानियां(बगुवा खोला)
११.सदस्य-सबिना पुन(दरबाङ)
१२.सदस्य-ज्ञानु केसी (दरबाङ)
१३.सदस्य-बिना पुन (चिमखोला)
१४.सदस्य-बिजय कार्की (अर्थुङगे)
१५.सदस्य-राम पुन (शिख)

No comments:
Post a Comment