सुमित्रा मिश्र |
तिमीलाई मैले बादलमा देखें,
आखाँमा लाउने गाजलमा देखें
तिमी छायौ चाँदनीबनी
मुटुमा राखी सपनीमा भेटें
मेरो मुटु तिम्रो घर ,निम्तो छ है बास गर्न
तर पछि नखोज्नु है, आसुँबनी ताल भर्न
तिमीलाई मैले हिसाबमा देखे
तिमीलाई मैले किताबमा देखे
तिमी छायौ चाँदनीबनी ....
मुटुमा राखी सपनीमा भेटें
तिमी हिड्ने बाटोभरि ,धेरै फूल फुले होलान
कोही भन्लान माया लाउँ,कोही मन छोलान
.तिमीलाई मैले संगीतमा देखें
तिमीलाई मैले साहित्यमा देखें
तिमी छायौ चाँदनी बनी .......
मुटुमा राखी सपनीमा भेटें
तिमीलाई मैले बादलमा देखें
आँखामा लाउने गाजलमा देखें
तिमी छायौ चाँदनी बनी .....
मुटुमा राखी सपनीमा भेटें
सुमित्रा मिश्र ,दक्षिण कोरिया l
No comments:
Post a Comment