Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, March 4, 2014

पत्रकार महासंघ कोरियाले 'श्रमिक संग श्रम सहचारी ' कार्यक्रमको आयोजना गर्दै

कृष्ण बस्याल ,दक्षिण कोरिया ।

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले 'श्रमिक संग श्रम सहचारी 'नामक एक बिशेष अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । यहि  मार्च १६ तारिक आईतवार बिहान १० बजे सउल स्थित नेपाली दूतावासको सभाहलमा सो अन्तरक्रिया कार्यक्रम गर्ने कोरिया शाखाले जनाएको छ । नेपाली श्रमिकको समस्या समाधानको लागी श्रम सहचारी अनिल गुरूडं् संग जिज्ञासा राख्न सकिने र आफुले भोगेको समस्या निर्धक्क संग राख्ने वातावरण मिलाउन लागिएको बताईएको  छ । यस अघि बताईए अनुसार सोहि दिन कोरिया शाखाले 'पत्रकार आपतकालिन राहत कोषको'लागी आयोजित भाग्यशाली चिठ्ठा पनि खोलिने छ । कोरिया शाखाले सो अवशरमा कोरियामा क्रियाशील संघ संस्थाका प्रतिनिधी ,बिशेष गरी ईपिएस मार्फत यहाँ आई कार्यरत नेपाली दादुभाई तथा दिदीबहिनीहरूलाई उपस्थित भई आफ्ना समस्या राख्न आग्रह गरेको  छ । बिशेष गरि श्रमिकका समस्या श्रम सहचारी संग सम्बन्धित हुन्छन् ।नेपाल सरकारले पनि ५ हजार भन्दा बढि श्रमिक कार्यरत रहेको मुलुकमा श्रम सहचारी पठाउने गर्दछ । हालका श्रम सहचारी गुरूडं् कोरियाको लागी दोस्रा श्रम सहचारी हुन् । यस अघि कृष्णहरी पुष्कर श्रम सहचारी थिए ।


पत्रकार महासंघको केन्द्रिय महाधिबेशन प्रतिनिधि छनोट गरिने

No comments:

Post a Comment