Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, February 27, 2014

दिलशोभा प्रकरणमा उब्जाएका यक्ष प्रश्नहरू

निश्चल काउचा,दक्षिण कोरिया l
नागरिक दैनिकले आमा दिलशोभा श्रेष्ठ बारे जुन कुरा बाहिर ल्यायो मनमाअनेक तरंग उथलपुथल भयो । बेसहारा बालबालिका र बृद्ध -बृद्धालाई सडकबाटउठाएर ल्याई पालन पोषण गर्दै आउनु भएकी उहाँको कार्यले समाजमा मनवताको पाठ सिकाएकी थिईन । राज्यको चौथो अंग पत्रकारिताले किन यसरी गिरेर लेख्यो
होला । मनले अनेक तर्कना गरि रह्यो । एक तर्फी रुपमा फोन बार्ताको क्लिपलाई आधार भनएर यति ठुलो प्रोपोगान्डा मज्चाउनु कुनै तुक देखिन ।

बाल कल्याण समिति र जिल्ला प्रशासन कार्यालयले दिलशोभा श्रेष्ठले सन्चालन गरेको आमाघरबाट न्युनतम आधारभूत आवश्यकतासमेत पूरा नगरेको , राम्रो सरसफाई नगरेको , आमाघर सन्चालन गर्न अनुमति नै नलिएको जस्ता अभियोग लगाई ३१ बालबालिकाको उद्धार गरेछ । के नेपाल भरि आमा दिलशोभाको मात्र आश्रम त? अरु आश्रम कसरी चलि राखेको यस तर्फ बाल कल्याण समिति र सरकार ध्यान
किन नगएको होला ? पहिले बाल कल्याण समितिले नै दिलशोभाले सन्चालन गरेको आमाघरमा बालबालिकाहरूलाई बस्नको नीम्ति सिफारिस गरेको तथ्य पनि खुलेको छ

नेपालमा कुन संस्थाले आधारभूत आवश्यकता पूरा गरेर चलेका छन् । होस्पिटल देखि सरकारी कार्यलय जतसुकै डामाडोल छन । त्यता चाँही सरकारको ध्यान कहिले जाने होला ? सडकमा पलास्टिक टिप्दै हिडने सडक बालबालिकहरू र सडक अलपत्र परेका बृद्ध -बृद्धा तर्फ चाँही बाल कल्याण समिति र सरकारले किन
आँखा चिम्लेको होला ?  एउटा बेसहरा , अशिक्षित नारीले पवित्र मनले सन्चालन गरेको आमाघर पक्कै पनि डलर कमाउने लालचाले खोलीएको पक्कै पनि थिएन होला ।  डलर पचाउन कै नीम्ति खोलिएका बिभिन्न एन . जीओ. , आई. एन . जीओ बारे ती पत्रकार बन्दुले किन लेख्देनन । प्रश्न चिन्ह यहानिर खडा
हुन्छ ?

कुनै साहराहिन बालबालिका र बृद्ध -बृद्धालाई दुई छाक खान लाउन दिनु र आश्रय स्थल दिनु गैरकानुनी धन्दा हो भने करोडौ भष्ट्राचार गर्ने भष्ट्राचारीहरूको काम चाँही कानुनी हो त ? जहाँसम्म यौन दुराचारको कुटिल
आरोप लगाईएको छ । यदि त्यो कुरा साचो हो भने यौन दुराचार परेकी महिलाको उद्धार गर्नु पर्ने होईन र ? ती महिलाको किन उद्धार गरिएन ? बालबालिकाको किन उद्धार गरियो ?

अहिले यो केश प्रहरीले अनुसन्धान गरि राखेको छ । दिलशोभा दोषी भएमा कानुन बमोजिम सजाय भोग्नु पर्छ । यदि आरोप झुटो भएमा कसैको चरित्र हत्या गर्ने गरि लेख्न कसैलाई अधिकार छैन् । मानहानीको मुद्धा हालेर कानुनी सजाय दिलाएर कानुनी राज्यको प्रत्याभुती दिलाउनु पर्छ । अन्यथा कानुनी राज्य र
पत्रकारिता माथि जनबिश्वाश गुम्ने छ ।

No comments:

Post a Comment