Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, May 22, 2015

गुल्मी सम्पर्क समिति द. कोरिया द्रारा भूकम्प पिडितलाई चरणबध्द राहत वितरण

 



गुल्मी सम्पर्क समिति द. कोरिया द्रारा भूकम्प पिडितहरुलाई राहत वितरण  पहिलो र  दोस्रो चरण सकी तेस्रो  चरणबद्ध राहत वितरण गरिदै 



किशन गौतम 

दक्षिण कोरिया, मे २२ l

गुल्मी सम्पर्क समिति द. कोरिया द्रारा पटक पटक गएको महा भूकम्प बाट बिपत्तिमा परेका नेपालीहरुलाई पुनरवासका लागि निर्माण सामग्री वितरण कार्य चरण बद्ध रुपमा शुरु गरेको छ l

पहिलो चरण को राहत कार्यक्रम अन्तर्गत भूकम्प बाट अति प्रभावित मानिएको सिन्धुपाल्चोक जिल्लामा रु. २५००००(दुई लाख पचास हजार) बराबरको त्रिपाल किनी  गुल्मी सम्पर्क समितिका पूर्व पदाधिकारीहरु बिष्णु ज्ञवाली, केशब भुसालको सक्रियता तथा टामलाल अर्याल र कृष् गुल्मेली बाबु को संलग्नतामा वितरण गरिएको थियो l
तेस्तै दोस्रो चरणको राहत वितरण कार्यक्रम अन्तरर्गत गुल्मी जिल्ला का अति प्रभावित, बिपन्न र असायहरुको खोजि गरि संस्थाका पूर्व उपाध्यक्ष तथा बर्तमान सल्लाहकार टामलाल अर्याल र सदस्य कृष् गुल्मेली बाबु तथा गुल्मेली पत्रकारहरुको सहयोग र संलग्नतामा जिल्लाका थानापती, रिमुवा, शन्तिपूर गा. बि .स लगाएत रेसुङ्गा न. पा. का अति बिपन्न परिवारलाई एक कार्यक्रमका बीच जस्ता पाता वितरण गरिएको थियो l

 उक्त राहत हस्तान्तरण कार्यक्रम मा बोल्दै पूर्व उपाध्यक्ष श्री टामलाल अर्याल ले राहत संकलन कार्य मा सहयोग पुर्याउने सम्पूर्ण कोरियाबासि नेपाली मित्रजन हरु पर्ति धन्यवाद पर्कट गर्दै गुल्मी जिल्लामा धेरै भन्दा धेरै सहयोग गर्ने चाहना भएको विचार ब्यक्त गर्नु भयोl
तेस्रो चरण को राहत वितरण जिल्ला को अति प्रभावित मानिएको खडगकोट गाबिसमा पुनर्बास निर्माणको लागि विभिन्न भौतिक सामाग्रीहरु उपलब्ध गराउने कार्यक्रम रहेको कुरा उक्त  संस्था का पूर्व सदस्य केशब भुसाल (नेपाली भुसाल ठुले) ले जानकारी गराउनु भएको छ  l


No comments:

Post a Comment