Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, May 21, 2015

बेलायतको स्थानीय निर्वाचनमा एकैपटक नेपाली दम्पती निर्वाचित

नबिन पोखरेल
लन्डन , जेष्ठ ७
 - ७ मेमा सम्पन्न बेलायतको स्थानीय निर्वाचनमा एक नेपाली दम्पती एकैपटक निर्वाचित भएका छन् ।
श्रीमति लक्ष्मी गैरे र श्रीमान् शंकर गैरे स्वान्ली टाउन काउन्सिलको काउन्सिलर पदमा विजयी भएका हुन् । एउटै वडा र एउटै परिवारबाट निर्वाचित हुने उनीहरु सम्भवतः पहिलो नेपाली दम्पती हुन् । दुवैको काउन्सिलरपछि डेपुटी मेयरमा पदोन्नति भएको छ ।
निर्वाचित १६ काउन्सिलहरुमध्येबाट एक मेयर र एकजना डेपुटी मेयर चुन्ने प्रचलन बमोजिम श्रीमान् शंकर गैरे डेपुटी मेयर छानिएपछि श्रीमति स्वतः डेपुटी मेयर घोषित भएकी हुन् । काउन्सिलरको अवधि ५ वर्ष भएपनि मेयर भने प्रत्येक वर्ष परिवर्तन हुने प्रक्रिया छ ।
यी दम्पतीले सत्तारुढ कन्जरभेटिभका तर्फबाट अत्यधिक मतले जितेका हुन् । शंकर गैरे सन् २०१० मा काउन्सिलरका लागि लडे पनि उनले ६ मतले मात्र पराजय भोगेका थिए । ब्रिटिसहरुको वाहुल्यता रहेको गैरेको क्षेत्रमा एसियन कोही छैनन् ।
रुपाकोट ९, गुल्मी स्थायी निवासी गैरे सन् २००५ यता पार्टीमा सक्रिय रुपमा क्रियाशिल छन् । सन् १९९४ मा पढ्न बेलायत आएका उनको यहाँ नेपाली समुदायसँग पनि निकट सम्वन्ध छ । यति नेपाली एसोसिएसन यूकेको सदस्य, महासचिव र वरिष्ठ उपाध्यक्ष रहेर काम गरिसकेका उनी नेपाली साहित्य विकास परिषद यूकेमा तीन कार्यकालसम्म सहअध्यक्ष थिए । नेपाल छँदा भलिवलका राष्ट्रिय खेलाडी थिए उनी । हाल बेलायतमा उनको हेक्नी क्यारेज ब्ल्याक क्याब व्यवसाय छ ।
उता, सन् १९९७ मा बेलायत आएकी श्रीमति गैरे काउन्सिलरमा निर्वाचित हुने पहिलो नेपाली महिला भएको गैरे परिवारको विश्वास छ । उनी सन् २०१० देखि पार्टीमा लागेकी हुन् । गैरे दम्पत्तिका दुई छोरा छन् ।
निर्वाचित भएपछि गैरेले स्थानीय काउन्सिलको विकास योजना, अपराध नियन्त्रण, रेलवे लगायत सेवा विस्तारमा समय दिने अठोट व्यक्त गरेका छन् । निर्वाचित काउन्सिलरहरुको पहिलो बैठक आगामी १ जुनमा हुँदैछ ।
- कान्तिपुर 

प्रकाशित मिति: २०७२ जेष्ठ ७ ०६:५५

No comments:

Post a Comment