२२ , मे २०१५
- उक्त समाजले नेपालका भुकम्प पीडित लाई राहत सयोगार्थ कोरियामा सहयोगी डोनर जुटाई पिडितलाई आवस्यक पर्ने त्रिपालको बन्दोबस्त गरी नेपाल पठाउने उदेश्यले एन आर एन कोरिया का अध्यक्ष श्री बिनोद कुंवर लाई जोङगाक को दुर्गा रेस्टुरेन्ट मा एक कार्यक्रम गरि हस्तान्तरण गरेको हो ।
- साथै विशेष सहयोग गर्ने कोरियन नागरिक kim sup chdul (김 습 줄)र भक्तपुर समाज का सल्लाहकारहरु डा हृदयेश प्रताप मल्ल र डा रोसनी उलक लाई पनि हार्दिक धन्यवाद दिदै भक्तपुर समाज का अध्यक्ष रमेश गिरि(रिवाज) ले महा भुकम्पमा परेका पीडितहरुको लागि भक्तपुर समाज ले संकलन गरेको आर्थिक रकम 1,50,000 रुपैयाँ ( १ लाख ५० हजार रुपैया ) भक्तपुर समाज का निबर्तमान अध्यक्ष श्री रमेश खावाजु लाई नेपालमा पठाइएको जानकारी दिनुभयो।
- निबर्तमान अध्यक्ष ले भक्तपुर का विकट ठाँउ का भुकम्प पीडित लाई राहत वितरण गर्न एक टोलि गठन गरि सकेको जानकारी सो समाज दक्षिण कोरिया का सचिब श्री संजन जोन्छे ले दिनुभयो।
- समाजले आर्थिक राहत संकलन तथा बिभिन्न सहयोग गर्न सघाउनुहुने सम्पूर्णलाई लाई हार्दिक आभार ब्यक्त गरेको छ l
- साथै अध्यक्ष रमेश गिरी ले महा भुकम्प ले देश को अवस्था दिनानुदिन बिग्रेकाले हामी सम्पुर्ण नेपाली एस विषम परिस्थितिमा एकजुट भइ काधमा काध र साथ मा साथ मिलाउदै देश पुनर्निर्माण मा संलग्न हुन सबैमा अनुरोध गर्नुभएको छ l

No comments:
Post a Comment