Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, August 20, 2015

जीवन सबको एउटै हो, तर कथा त बेग्लाबेग्लै (भिडियो सहित)


नमस्ते नेपाल कोरिया 
२२ अगस्त २०१५ 
दक्षिण कोरिया 

जीवन सबको एउटै हो, तर कथा त बेग्लाबेग्लाई............
मनोज सान्ग्सोंन एक उदयमान बहु प्रतिभाशाली स्रस्टा हुन् । गायन ,संगीत र रचना सगै बिभिन्न पुरस्कारबाट सम्मानित हुदै  झन्डै २०० सय बढी गीतमा संगीत भरीसक्नुभएका  साङ्साेनले  हालै जीवन सबको एउटै हो, तर कथा त बेग्लाबेग्लाई बोलको मार्मिक गीतको म्युजिक भिडियो पस्केका छन् 
सो गीत नोस्टाल्जिया एल्बममा समाहित रहेको छ र  गायन, रचना तथा संगीत मनाेज साङ्साेनले नै  गरेका हुन् । गीतको अंग्रेजी अनुवाद समेत भएको छ, जसको अनुवाद महेश पौड्यालले गरेका छन् ।

 राज बान्तावा र ज्ञानु राई को छायांकनमा हेलोन राईले म्युजिक भिडियोको निर्दर्शन गरेका हुन् । नेपाली युवाहरुकाे अाकर्षक गन्तव्य मानिएको दक्षिण कोरियाको बिभिन्न स्थानमा छाया‌कन भएको भिडियोमा प्रकाश शर्मा, सुनिल लिम्बु, जीना लिम्बु लगायतका कलाकारहरुकाे अभिनय रहेको छ । युफोनी प्रोडक्सन वितरक रहेको भिडियोको सम्पादन रबिन्द्र खड्का र संगीत संयोजन अामोस तामाङले गरेका हुन् ।

हेर्नुहोस् भिडियो



https://www.youtube.com/watch?t=102&v=qkyc-ZMw76Y













मनोज सान्ग्सोंनको एक परिचय



नाम : मनोज साङ्सोन
जन्म थलो : होम्ताङ- १, भोजपुर, कोशी, पूर्वी नेपाल

प्रकाशित कृतिहरू: पापनी मेलैमा (लोक गीति एल्बम २०६४ एकल शब्द तथा लय सङ्कलन)
हाम्रो अभियान (जनजागरण तथा राष्ट्रिय गीति एल्बम २०६७ एकल संगीत)
कोङ्पी (राई बान्तावा भाषाको पहिलो गजल तथा गीति एल्बम २०६८ संगीत तथा गायन परिकल्पना) गोधुलि आलाप (लोक सास्कृतिक गीति एल्बम २०६८, एकल शब्द तथा लय सङ्कलन)
सेमुना (राई बान्तावा भाषाको साँस्कृतिक गीति एल्बम २०६९)
अर्को जन्म (आधुनिक गीति एल्बम २०६९, एकल संगीत, भानु सुनुवारको एकल शब्द)
जीवनयात्रा (आधुनिक गीति एल्बम २०७० एकल संगीत, अर्जुन दुङ्मेनको एकल शब्द)
पहिलो प्रेम (आधुनिक गीतिएल्बम २०७० संगीत, राज बान्तावाको एकल शब्द, १ गीतमा राई नविनको संगीत)
छिटोङ - ढिटोङ (लोपोन्मुख दुङ्माली राई भाषाको गीतिएल्बम २०७० एकल संगीत, अर्जुन राईको एकल शब्द),
साकेन्वा (राई बान्तावा भाषाको एल्बम - २०७ १, एकल गायन / संगीत)
नोस्टाल्जिया (एकल शब्द, संगीत र गायन - २०७ १)
अनमोल - आधुनिक गीतिएल्बम एकल संगीत २०७१, शब्द रचना - चन्द्र प्रभात राई
माया नमार्नू है - आधुनिक गीतिएल्बम एकल संगीत २०७१, स्वर - लिला राई
अनुपम - आधुनिक गीतिएल्बम एकल संगीत २०७१, शब्द रचना - पबिन दाहाल
मेलोडी - आधुनिक गीतिएल्बम एकल संगीत २०७१, स्वर - बबिना राई


पुरस्कार प्राप्त
-बुङ्वाखा सङ्गीत पुरस्कार - २०६९ (सेमुना (राई बान्तावा भाषाको साँस्कृतिक गीति एल्बम २०६९बाट)
-किरात सङ्गीत पुरस्कार - २०७० (सेमुना (राई बान्तावा भाषाको साँस्कृतिक गीति एल्बम २०६९बाट)
-बुङ्वाखा सङ्गीत पुरस्कार - २०७१ (साकेन्वा - राई बान्तावा भाषाको एल्बम - २०७ १, एकल गायन / संगीतबाट)

No comments:

Post a Comment