Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, July 14, 2014

कांग्रेस युवा नेता बिश्वप्रकाश शर्मा कोरिया आउंदै

सुर्य छेत्री ,दक्षिण कोरिया 
नेपाली कंग्रेस जनसम्पर्क समिति दक्षिण कोरिया ले यहि आउँदो अगस्ट १७ तारिक आइतबारको  दिन एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ l

गत आइतबार १३ तारिक राजधानी सोउल स्थित एक हाउसमा पदाधिकारी सहित बसेको केन्द्रिय कार्यसमितिको बैठकले  जल्दो बल्दो बिषय  "आजको नेपाल र अबको नेपाल" 'तथा देसको समसामयिक राजनीति  लगायत प्रवासमा नेपाली हरुले भोग्नु परेको समस्या र तेस्को समाधान जस्ता महत्व पूर्ण एजेन्डामा नेपाली कांग्रेसका प्रभाबसाली युवा नेता तथा  बौद्धिक व्यक्तित्त्व बिश्वप्रकाश शर्माको प्रमुख आतित्थ्यमा एक बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको समितिका  सभापति नबराज शिवाकोटीले बताउनु भयो
शिवाकोटिका अनुसार हाल नेपालमा  संबिधान निर्माणको काम द्रुत गतिले अगाडी बढिरहेको र आगामी माघ ८ भित्र लोकतान्त्रिक संबिधान निर्माण गर्ने कार्यभार पुरा गर्नु पर्ने र हामीले पनि पार्टीको आग्रह र देसको परिस्थिति लाई मध्यनजर् गर्दै सभासद लाई आमन्त्रण नगरिएको जानकारी दिंदै उहाले अहिले युवा हरुको प्रतिनिधित्व गर्न सक्ने बौद्धिक व्यक्तित्त्व , युवा नेता तथा प्रखर बक्ता शर्मा लाई आमन्त्रण गरिएको जानकारी दिनुभयो साथै उहाले उक्त कार्यक्रमलाई भब्यरुपमा सफल पार्न दक्षिण कोरिया भित्र रहनु भएका सम्पूर्ण नेपाली समुदायहरू लाई कार्यक्रममा उपस्थित हुन आग्रह गरिएको समेत जानकारी दिनुभयो
यसरी नै जनसम्पर्क समिति कोरियाले गत वर्ष पनि नेपाल बाटै पार्टीको केन्द्रिय नेतालाई आमन्त्रण गरि पहिलो संबिधान  सभामा  सबै भन्दा  बढी बिबादित रहेको बिसय संघियाता सम्बन्धि  अन्तरक्रिया कार्यक्रम को आयोजना गरेको थियो

No comments:

Post a Comment